मेयरका उम्मेदवारलाई लक्षित गरी चन्द्रनिगाहपुरमा बम विष्फोट, यस्तो छ
रौतहट, २१ भदौ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर (च:पुर) नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो ।

विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ । बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।
सुरक्षा स्रोतले सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।