कस्तो संजोग : बिवाहको बेलामा संगै लगन गाठो बाधेका श्रीमानश्रीमती मोटरसाइकलमा संगै मृत्यु
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिको शम्शेरगञ्जमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ ।
आइतबार नेपालगञ्जबाट दाङ तर्फ जादै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई ना ४ ख
५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिदा सो दुर्घटना भएको थियो ।
मृत्यू हुनेमा मोटरसाइकलमा सवार दाङ शान्तिनगरका ढक बहादुर केसी र उहाँकी श्रीमती सिता केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

श्रीमान्को दुर्घटनास्थलमा नै मृत्यू भएको थियो भने श्रीमतीको उपचारका क्रममा आज बिहान भारतको लखनउमा मृत्यू भएको थियो । सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् ।
शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ लगिने प्रहरीले जनाएको छ । पुर्बेलीन्युजको सहयोगमा