Header Ads

‘म यस्तो गीत गाउँछु’ मा पुजा र पलको केमेष्ट्री यस्तो बब्बाल, हेर्नुहोस् ट्रेलर भिडियो !

काठमाण्डौ। यस वर्षको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा नायक पल शाह र पूजा शर्माको प्रेमलाई विशेष देखाउन खाजिएको छ । अहिले यो चलचित्रको ‘भन्छु आज’ बोलको प्रेमगीतले बजारमा राम्रै धुम मच्चाइरहेको छ ।


असार ३० गतेलाई रिलिज कन्फर्म गरिएको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन र निर्माण गरेका हुन् । यो चलचित्र निर्माणमा सुदर्शनलाई पूजाले पनि साथ दिएकी छिन् ।

पूजा र पलका अलवा चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Powered by Blogger.