Header Ads

छोटा कपडा लगाएर गाउँदा मज्जा आउँछ: ज्योति मगर

अर्घाखाँची । यतिबेला कलाकारिताको क्षेत्रमा ज्योती मगरको चर्चा छ । मेला महोत्सवमा उनलाई भ्याइनभ्याई छ । देशभर सञ्चालन भइरहेका महोत्सवमा उनको माग भइरहेको छ ।

 उनको गीत सुन्न खासगरी युवापंक्ती धेरै रुचाउछन् । धेरैले ज्योतीलाई छोटो लुगा लगाएर गित गाउदा उत्तउली भन्ने गर्छन् ।

तर, गित र छोटो कपडा नै दर्शन र स्रोताको लागि आफनो पहिचान भएको बताउछिन् । मंगलवार सन्धिखर्कमा भएको महोत्सवमा उनले जोसिलो गित र नृत्यबाट धेरैजसो युवा लठ्ठै परे ।

मेलाको मञ्चबाट उ त्यो सोल्टी त क्या सेक्सी देखियो भन्दा युवाहरु होहल्ला गर्दै उफ्रिए । छोटो कपडा लगाउदैमा उत्तउली भनेपनि आफुलाई राम्रो लागेर लगाउने गरेको रिपोर्टर्स क्लव नेपाल अर्घाखाचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा उनले भनिन् ।

रोल्पामा जन्मिएकी मगरले छोटो कपडा लगाउनु सामान्य भएको बताउद आफुलाई कुनै लाज नलाग्ने बताईन् ।

मेला महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागि आफु र अहिलेको चाहना अनुसार छोटा कपडा लगाएर गित गाएको उनले बताइन ।

१० वर्ष काठमाडौको बस्दा २ दर्जन गित गाएर चर्चामा आएकी ज्योतीले १६ देश र नेपालका ६० जिल्लामा पुगेर गित गाएकी छिन् ।
Powered by Blogger.