दुई जना प्रतिस्प्रर्धीलाई पछि पार्दै तेरियाले जितिन् ताज
काठमाण्डौ । नेपालकी तेरिया मगरले फेरी जीत हासिल पार्न सफल भएकी छिन् ।
यस पटक भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । भारतीय अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् ।
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।
विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ ।
तेरियाले कति भोट पाइन् भन्ने खुलाएको छैन ।
तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि राजधानीमा पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो ।