Header Ads

भाटभटेनीको तेस्रो तलाबाट आखिर किन हाम फालिन गिताले ? रुदै यसो भनिन् हेर्नुस् भिडियो !

ललितपुर । विगत १० महिना देखी भाटभटेनी कृष्ण गल्ली पाटनढोकामा सरसफाईको काम गर्ने कर्मचारी रामेछापकी एक महिला ( गिता)ले ३ तलाबाट गत हप्ता हाम फालिन । भाटभटेनीको तेस्रो तलाको सुपरभाईजर सञ्जु पौडेलले गितालाई घरमा पनि काम गर्नु आउनु भनि बारम्बार दबाब दिए पछि उनले थेग्न सकिनन् ।

 त्यसो त ,आफु टाढा बसेकोले नभ्याउने भनेपछि सञ्जुले उनिसंग अर्कै व्यवहार गर्न थालिन् , जसको कारणले गर्दा उनिमा घरको टेन्सन र अफिसको टेन्सनले गर्दा बाँच्ने रहर हराउँदै गयो र आखिरमा मर्नै भनेर भाटभटेनीको ३ तलाबाट हाम फालिन ।

 अहिले उनि अल्का अस्पताल १ जावालाखेलको २०९ नं बेडमा छटपटाई रहेकी छिन । यस विषयमा भाटभटेनी कृष्ण गल्ली पाटनढोकाम बुझ्न खोज्दा कोहीपनि सम्पर्कमा आउन चाहेनन् । र वास्तविकता के हो ? भन्न पनि चाहेन । ईन्चार्ज गिरीधारी पौडेलले न्यूज अभियानबाट गएका रिपोटरलाई उल्टै तपाईको हो ? किन ईन्फरमेशन दिनु प¥यो ? हेड अफिसमै गएर दिनेश भन्नेसंग लिनु भनेर ठाडो जवाफ दिए । हेड अफिसमा दिनेश जिलाई बारम्बार सम्पर्क गर्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन । आखिर किन हाम फालिन गिताले भाटभटेनीको ३ तलाबाट ? कस्ले देला उनलाई न्याय ?
Powered by Blogger.