Header Ads

चन्द्रागिरि केबलकार ‍उद्घाटनका दृश्यहरू (फोटो फिचर)

काठमाडौं । भव्य समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि केबलकारको उद्घाटन गरेका छन् । काठमाडौं फनपार्क प्राइभेट लिमिटेडले थानकोटको गोदामचौरदेखि चन्द्रागिरिसम्म पुग्ने केबल कारको निर्माण केही महिना अगाबै सकेको भएपनि बिहीबारबाट मात्रै यसको औपचारिक रुपमा व्यवसाय सुरु भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले चन्द्रागिरि केबल कार समयमै निर्माण भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘समयमै निर्माण भएको यो केबल कार निजी क्षेत्रका लागि प्रेरणादायी भएको छ भने सरकार र कर्मचारीतन्त्रको लागि चुनौति बनेका छ ।’ उनले काठमाडौं फनपार्क प्राइभेट लिमिटेडलाई केबलकार सञ्चालनको क्रममा पर्यावरणीय तथा वातावरणीय संरक्षणलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।
Powered by Blogger.