श्री एयरको हेलिकप्टर दुर्घटना ,हेलिकप्टरमा यात्रु थिएनन्
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर उड्ने क्रममा दुर्घटना भएको छ ।
जिरीको लागि उड्न लागेको हेलिकप्टरको पछाडीको भाग ढिस्कोमा छोएको श्री एयर कर्पोरेटका निर्देशक अनिल मानन्धरले बताए ।
मानन्धरले बताए अनुसार दुर्घटनाबाट हेलिकोप्टरको पछाडीको भागमा सामान्य क्षति पुगेको छ ।
हेलिकप्टरमा कोही पनि यात्रु थिएनन् । टर्किस एयरको विमान अगाडि रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको हो ।