Header Ads

गायक एपी शेर्पाको नयाँ एल्बम 'संकल्प' बजारमा आँउदै

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा निकै नाम कमाएका गायक एपी शेर्पाले चौथो एल्बम “ संकल्प” बजारमा लिएर आउदै छन् । पछिलो समय गायक एपी शेर्पा नेपाली सांगीतिक क्षेत्रको आकाशमा कुनै नौलो नाम होईन ।

चर्चित गायक शेर्पाको पुर्खौली घर भोजपुर भएपनि हाल धरानमा रहेर आफ्नो सांगीतिक करिअरलाई निरन्तर अगी बढाई रहनु भएको छ । गायक शेर्पा विगत दश बर्षदेखि धरानलाई सांगीतिक कर्मथलो बनाएर सक्रिय छन् भनि रहदा कुनै दुइमत छैन ।

गायक शेर्पाले गीत, संगीतको माध्यमबाट समाजलाई प्रर्वद्धन गर्न योगदान पुर्याएको उदाहरणहरु पनि प्रसस्तै छन् । धरान अनि काठमाडौंलाई केन्द्र बिन्दु बनाएर संगीत साधना गरिरहेका गायक शेर्पा पछिल्लो समय देश–विदेशका संगीत यात्रामा निक्कै नै व्यस्त छन् । यसै क्रममा गायक शेर्पाको नयाँ एल्बम “संकल्प” बजारमा ल्याउने तयारिमा जुटेका छन् । एल्बममा ११ ओटा गीत समाबेस गरिएको शेर्पाले एक भेटमा बताउनु भयो ।

जसमध्य “सलल माई खोला दोभान बगेर जाने पानि” बोलको गीतमा म्युजिक भिडियो सहित बजारमा ल्याउने बताउनु भयो । उक्त गीतको भिडियो छायांकनका लागि आउदो बुधबार फ्लोरमा जाने गायक शेर्पाले न्यूज अभियानलाई बताए । गायक शेर्पाको स्वरमा रहेको “सलल माई खोला दोभान बगेर जाने पानि” गीतका सब्द, संगीत, र संगीत संयोजन बलराम समालको रहेको छ ।

उक्त गीतको भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गर्ने भएको छ । आशा गरौ भिडियो निक्कै नै उत्कृष्ट बन्ने छ । गायक शेर्पाले यस अघि तिन वटा एल्बम बजारमा ल्याई सक्नु भएका छन् भने यो संकल्प चौथो एल्बम हो । शेर्पाका तीन वटा एल्बमहरू सुन्दर सपना, मेहनेत, खबरबाट सम्झनामै आजभोली, के छ याँहाको खबर, भाइटीका, सेलो लगायतका गितहरु बढी चर्चामा छन ।

 गायक शेर्पा सांगीतिक प्रस्तुति दिनका लागि घर देश देखि परदेश सम्म यात्राको क्रममा युरोपका धेरै देश लगाएत इजरायल, कतार, दुबई, भारत, मलेसिया, ‎हङकङ, साउदी अरबमा आफ्नो प्रस्तुति दिएर दर्शक स्रोताबाट वाहवाही पाई सक्नु भएको छ ।

 गायक शेर्पाका अनुसार पुनः दोस्रो पटक पुषको पहिलो हप्ताबाट तिन महिनाका लागि सांगीतिक प्रस्तुतिको लागि युरोप टुरमा निस्कदै छन् ।
Powered by Blogger.