सभापति शेरबहादुर देउवा बस्ने कोठमा १० लाख खर्च, तीन वटा कोठा भत्काइयो
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन् ।
वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले तीनवटा कोठा भत्काएर वास्तुशास्त्र अनुसार नयाँ बनाउन लगाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
देउवाले १३औँ महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छोडेर आफैँ बस्ने कोठा रोजेका थिए । तर, वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सीतादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर देउवाको व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लागिएको हो । कार्यकक्ष निर्माणको काम धमाधम चलिरहेको छ ।

चारतले भवनको पहिलो तलाको अगाडितिर देउवाको पहिलेको कार्यकक्ष थियो । देउवाले निर्वाचित भएको आठौं दिन ३ चैतमा सभापतिको प्रमाणपत्र बुझ्दै पुरानै कोठालाई कार्यकक्ष बनाएर पदभार ग्रहण गरेका थिए । तर, भोलिपल्टै वास्तुविद् डा माधवमंगल जोशीलाई बोलाएर कार्यकक्ष हेर्न लगाइएको थियो । उनले वास्तु नमिलेको भन्दै ठाउँ सार्न सुझाव दिएका थिए । वास्तु अनुसार भवनको पछाडितर्फको यसअघिका महामन्त्री प्रशासमानसिंहले प्रयोग गर्न उपयुक्त हुने सुझाव जोशीले दिएपछि तीनवटा कोठा फोडेर सभापतिको कार्यकक्ष बनाउन थालिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
‘वास्तुशास्त्र अनुसार पूर्व मुख गरेर बस्नुपर्ने भयो । वास्तुविद्ले कार्यालयका सबै कोठाका कुनाकुनामा के छ भनेर हेर्नुभयो । दोस्रो तलाको हल छेउ र प्रकाशमान दाइ बसेको कोठामात्र सभापतिका लागि सबैभन्दा उपयुक्त देखियो’, केसीले भने, ‘त्यसैले तीन कोठा फोडेर सभापतिका लागि व्यवस्थित कार्यकक्ष बनाउन थालेका हौं । डेकोरेशनको काम भइरहेको छ । अब १० दिनमा काम सकिन्छ ।’
अहिले दैनिक करिब दर्जन कामदारले कार्यकक्षको पार्टेसन, वाइरिङ, प्लम्बिङसहितका काम गरिरहेका छन् । अब अबको १० दिनमा डेकोरेसनको सबै काम सकाउने तयारी छ । १० लाख खर्चमा कार्यकक्ष बनाउन लागिएको केसीले जानकारी दिए । यसअघिको कार्यकक्षमामा कार्पेट, कुर्सी, सोफा, टेबुल, पर्दा नयाँ राख्दा डेढ लाख खर्च भएको थियो ।