Header Ads

मिति: वि.सं.२०७३ साल बैशाख १४ गते मंगलवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

... मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

प्रतिक्षित कार्य सम्पन्न हुने छ |भेट घाट र भलाकुसारीमा दिन बित्ने छ |मित्रको भरपुर सहयोग पाइने छ |कार्य क्षेत्रमा आएका बाधा व्यवधान दुर हुने छन् |दिनको मध्यतिर सरिरमा आलस्यता बन्ने छ |सोचेका कामना अधुरा रहलान |तर दिनको अन्त्य सुखद रहने छ |

... बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाइको सत्कार्यको लागि सहयोग गर्नेहरु भेटिने छन् |मानसिक शान्ति प्राप्त हुने छ |घरमा रमाइलो वातावारणमा काम सम्पन्न हुने छ |दिनको मध्यतिर केहि अपरिचित व्यक्तिसंग भलाकुसारी हुने छ |नैतिकताको प्रश्नमा पनि आफु माथि परिने समय रहेको छ |

... मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाइको काममा साथ दिनेहरु भेटिने छन् |निकै अफ्ट्यारोमा पनि समयले साथ दिने छ |रोक्किएका काम बन्ने छन् | प्रगति मार्गमा रमाइला अवसर देखा पर्ने छन् |सन्तानको कारण खुसि मिल्ने छ |सामाजिक काममा भने अपजस पाइने छ |बोलीको गलत अर्थ लाग्ला |

... कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शिक्षामा लगानी होला |स्वास्थ्य केहि प्रतिकुल रहन सक्छ |प्रगति मार्गमा तगारो बनेर अफ्नाहरुनै अवरोध बन्ने छन् |बिचारमा सात्विक वृत्ति रहने छ |लामो समयको अन्तराल पछी बिग्रेका काम बन्ने छन् |सामाजिक कुरीतिको बिरुद्धमा लाग्ने बेला आएको छ |

... सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आफ्नो कामको जस पाइने छ |बनेको कुरा अन्त्यमा बिग्रने खतरा भने जिवितै रहने छ |केहि सामाजिक कामको लागि गरिने प्रयास सफल हुने छ |बैदेसिक काम बन्ने छ |बैचारिक मार्ग स्पस्ट भएर आउने छ |गुमेको कुरा पुन प्राप्त हुने देखिएको छ |

... कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

हित चाहनेहरु बढ्ने छन् | कार्य क्षेत्र सम्बृद्ध हुने छ | सामाजिक दायित्व बढ्ने छ |परिवारमा सबैको साथ पाइने छ |मित्रता अरु प्रगाढ होला |कृषि तथा पशुपालन व्यवसाय फस्टाउने छ |कार्य क्षेत्रमा भएका ढिला सुस्ती अन्त्य हुने छन् |बेरोजगारिको अन्त्य हुने छ |

... तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको लागि सोच राखेर चिन्तित हुने बेला आएको छ |अधिक सोचले चिन्ता मात्र थपिने छ |आफुमा भएको कुरा चिन्न नसक्नु तपाइको कमजोरी हुने छ |मित्रको कारण असहजता महसुस गर्ने स्थिति नआउला भन्न सकिन्न |माया पिरतीमा धोका खाइने समय छ |

... बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

समय सुहाउदो निर्णयले दिर्घकालिन लाभ हुने छ |सोचेका कामना पुरा हुने छन् |बिशेष गरि स्वास्थ्य लाभ हुने बेला छ |आफ्नो क्षेत्रमा सबैको मन जितेर काम गर्न सफल भइने छ |मित्रको साथ र समर्थन प्राप्त हुने छ |तपाइको मार्गमा केहि अफ्ट्याराको अन्त्य हुने छ |

... धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मित्रताले गर्दा ठुलो राहत मिल्ने छ |सन्तान प्राप्ति योग रहेको छ |भाग्यले साथ दिने छ |हातबाट गइ सकेको अवसर पुन प्राप्त हुने छ |सामाजिक मार्गमा राम्रा अवसर देखा पर्ने छन् |केहि साना कुराले मानसिक असान्ती दिने छ |धार्मिक कार्यमा रुची बढ्ने छ |

... मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पारिवारिक जिम्मेवारी बढ्ने छ |कार्य क्षेत्रमा भएका असमझदारी हट्ने र नया रुपमा अघि बढ्ने समय रहेको छ |तपाइको प्रगतिलाइ देखेर असहमत हुनेहरु भेटिने छन् |रमाइला प्रसंगमा अधिक धन खर्च हुने छ |सामाजिक दायित्व वहन गर्ने कुरामा सफल भइने छ |

... कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक उत्तरदायित्व बढ्ने छ |माया पिरतीमा असफल हुने बेला आएको छ |बेरोजगारिको समस्या अन्त्य हुने छ |तपाइको साथ दिनेहर भेटिने छन् |स्वास्थ्य लाभ होला |भावनामा मात्र बग्नाले बास्तबिकता अलि टाढा रहन सक्ने छ |मितेरी सम्बन्ध प्रगाढ हुने छ |

... मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अपरिचितको साथ पाइने छ |गुमेको धन प्राप्त हुने छ |भोलिको लागि सोच राखेर गरिने हर काम पुरा हुने छन् |तार्किक क्षमता उँचा रहने छ |कला तथा साहित्य क्षेत्रमा बिशेष रुची हुने छ |घरमा शुभ कामको थालनी हुने छ |अनौठा र रमाइलो लाग्ने अनुभूति प्राप्त हुने छ |

Powered by Blogger.