Header Ads

स्वेतालाई फिल्मको अफर, तर यो बर्ष काम नगर्ने

नायिका स्वेता खड्कालाई चलचित्रमा अभिनयका लागि दर्जनौ अफर आइरहेको छ ।

 दर्जनौ चलचित्रको प्रस्ताव अस्विकार गरेकी स्वेताले यो वर्ष कुनै पनि चलचित्रमा काम नगर्ने बताईन् ।
 ‘म अहिले दादाको ममीको जुठो मै छु ।

 त्यसकारण जुठो नसकेसम्म कुनै चलचित्रमा काम गर्दिन ।’

 अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘यो विचमा धेरै चलचित्र छाडें ।’

 चलचित्रमै फर्किने सोचमा रहेकी स्वेता कहिलेदेखि फर्किने भन्ने विषयमा अहिल्यै भन्न सक्दिनन् ।
 ‘म चलचित्रमै फर्किन्छु पक्का हो तर, कहिलेदेखि भन्न सक्दिन ।’

 स्वेताले भनिन् ।
पछिल्लो समय अभिनय भन्दा पनि सार्वजनिक कार्यक्रममा नै उनी व्यस्त छिन् । चलचित्र ‘कोहिनुर र कहाँ भेटिएला’ हिट भएपछि स्वेताको माग चलचित्र बजारमा खुबै छ ।
Powered by Blogger.