घरेलु मैदानमा नेपालको दोस्रो जित, नामिबिया ३ विकेटले पराजित ! विश्वकप छनोटको बाटो खुल्यो
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाबिरुद्धको दोस्रो खेलमा ३ विकेटको जित हात पारेको छ ।
आजको जितसँगै नेपालको बंगलादेशमा हुने विश्वकप छनोट खेलमा छानिने सम्भावना बोलियो बनेको छ । नामिबियाले दिएको २४० रन लक्ष्य पछ्याउँदै कीर्तिपुर मैदानमा जवाफी व्याटिङ गरेको नेपालले १ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले ९४ बलमा ५ चौका र ७ छक्का सहित १०३ रन बनाए । त्यस्तै शरद भेषवाकर ७७ रनमा अविजित रहे । उनले १०७ बलमा ६ चौका प्रहार गरे ।
खेलमा शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको बनाएको थियो । नामिबियाका कप्तान स्टेफल बार्डले ५१ र जेन ग्रिनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले पनि ४३ रनमा अविजित रहे ।आजको जितसँगै नेपालको बंगलादेशमा हुने विश्वकप छनोट खेलमा छानिने सम्भावना बोलियो बनेको छ । नामिबियाले दिएको २४० रन लक्ष्य पछ्याउँदै कीर्तिपुर मैदानमा जवाफी व्याटिङ गरेको नेपालले १ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले ९४ बलमा ५ चौका र ७ छक्का सहित १०३ रन बनाए । त्यस्तै शरद भेषवाकर ७७ रनमा अविजित रहे । उनले १०७ बलमा ६ चौका प्रहार गरे ।
खेलमा शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो ।

नेपालका शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए । विश्व क्रिकेट लिगमा नेपालले घरेलु मैदानमा दुई खेल जितेर ४ अंक जोडेको छ ।