गीत हिट : यस कारण चल्नुपर्छ - 'प्रेम गीत' : भिडियो सहित
काठमाडौँ :- प्रेम गीत पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र हो "प्रेमगीत" । बिशेस गरेर गीत संगीतका कारण चर्चामा रहेको यो चलचित्रका गीतहरु यतिबेला सबैको मुखमा झुन्डिन् सफल भएको छ ।चलचित्रका सम्पुण गीतमा अर्जुन पोखरेलको संगित रहेको छ ।अर्जुन पछिल्लो समय निकै चर्चामा रहेका संगितकार हुन् ।
चलचित्रमा प्रदीप खड्का , पुजा शर्मा , सरोज खनाल लगाएतको मुख्य भूमीका देख्न सकीन्छ । राम्रा मेकर सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रलाई यसअघि चलचित्र चंखे शंखे पंखे चलचित्र निर्माण गरिसकेका सन्तोस सेनले निर्माण गरेका हुन् ।
चलचित्र राम्रो बनाउन कुनै कसर बाकी नराख्ने निर्माताको रुपमा चिनीन्छन् सन्तोस उनको यो चलचित्रको लगानी करोड माथि छ । प्रेम दिवसमा रिलीजमा आउने यो चलचित्र संग अन्य दुई चलाहित्र समेत रिलीज हुदैछन् । यस्तो अवस्थामा चलचित्र चल्ला कि नचाल्ला सबैलाई कौतुहलताको बिषय बनेको छ । प्रस्तुत छ चलचित्र चल्न सक्ने केही कारणहरु !
कारणहरु यस्ता छन् :-
१ गीत संगितको चर्चा
सबै भन्दा चलचित्रको महत्वपूर्ण पक्ष भनेको गीत संगित नै हो । पछिल्लो समय जतिपनी चलचित्रहरु चलेका छन् प्राय गीत संगितकै कारणले चलचित्र चलेको देखिन्छ । गीत सार्वजनिक भएको एक महीना नपुग्दै हिट भैसकेको प्रेमगितको टाइटल गीतलाइ आधीकारीक युटुमा समेत दुई लाख भन्दा बढीले हेरीसकेका छन् भने यसै गीतको कभर गएर युटुमा अपलोड गर्नेको संख्यासमेत दिन प्रतिदीन बढदो छ ।
त्यसैले पनि यो चलचित्र गीत संगितका कारण पनि चल्न सक्ने अनुमान लगाउन सकिन्छ । यो चलचित्रको यतिबेला टाइटल गीत मात्र नभएर 'अलपत्रै पर्छु , जब पुग्छु रिभर साइड , यता तिर्खा , मैले सोचेको जस्तै गीतहरु यतिबेला चर्चामा छन् । सरल म्युजीक र सरल शब्दमा कारण पनि यो चलचित्रका गीतहरु सबैले रुचाएका हुन् ।
२ कोरियोग्राफरको कामको तारिफ
गीत सफल हुनमा भिडीयो पनि निकै महत्वपूर्ण हात रहन्छ ।अडीयोलाई भिडीयोमा उतार्न सकियो भने मात्र गीतले सोचे अनुसार सफलता पाउछ होइन भने राम्रो गीत पनि दर्शक सामु पुग्न सक्दैन् ।यतिबेला कोरियोग्राफर रेनसा राईको पनि कामको निकै तारीफ भएको छ । प्रेम गीतका सम्पुण गीतलाई उनीलेनै निर्देशन गरेकी हुन् ।
हालसम्म चलचित्रका दुई गीत " मा एस्तो गीत गाउछु र जब पुग्छु रिभर साइड सार्वजनिक भैसकेका छन् जुन गीतहरुको क्वालिटीमा बलिउड चलचित्र बराबरको देखिन्छ । हेर्दा आखालाई सितलता दिने दृश्यहरुका कारणले पनि दर्शकहरु एकपटक हाल सम्म जाने विस्वास लिन सकिन्छ ।
सामाजिक सन्जालमा समेत चलचित्रलाई हेर्नलाई आफु आतुर भएको चलचित्रकर्मी तथा सर्बसाधारणहरुले स्तातर स्टाटस लेख्दै आएका छन् । चलचित्रको टाइटल गीतको भिडीयोमा १० लाख र रिभर साइड गीतमा ८ लाख खर्च गरिएको छ ।
३ प्रदिप र पुजाको जोडी
यस्तै यतिबेला नब नायक प्रदीप खड्का र नायीका पुजा शर्माको जोडी यो चलचित्रमा निकै सुहाएको छ । प्रेमकथामा तयार भएको यो चलचित्रले प्रदीप र पुजाको करिएर चम्काउने बिस्वास राखिएको छ ।
यस अघि "मधुमास र अझै पनिमा अभिनय गरिसकेकी पुजा र " ठुलो मान्छे र स्केपमा अभिनय गरेका प्रदीपलाई यी चलचित्रले स्थापीत गराउन सकेनन् ।
तर यतीबेला भने यी दुबैको चलचित्र क्षेत्रमा चर्चा छ त्यो कारण हो "प्रेम गीत" । कतिले त प्रदीपलाई अनमोल संग तुलना समेत गरेका छन् ।टाइटल गीतमा निकै मिलेको जोडी देखीएका यी दुको जोदी निकै सुहाएको निर्देशक सुदर्शन बताउछन् ।
३ सुदर्शन थापा
चलचित्र क्षेत्रमा राम्रो मेकरको रुपमा चिनीन्छन् सुदर्शन थापा । सुदर्शनले निर्देशन गरेको लभस्टोरी चलचित्र " मेरो एउटा साथी छ "लाई हालसम्म पनि दर्शकले याद गर्छन् ।
उनले त्यसपछि मेरो लभ स्टोरी , मधुमास , धन्दा , चंखे शंखे पंखे लगायतका चलचित्र निर्देशन गरीसकेका सुदर्शन लभ स्टोरी चलचित्रको लागी अब्बल देखिन्छन् उनले निर्देशन गरेका दुई प्रेम चलचित्र " मेरो एउटा साथी छ " र "मेरो लभ स्टोरी" लाई दर्शकले निकै रुचाएका थिए ।
धेरैपछी प्रेमकथामा उनले चलचित्र निर्देशन गरेका कारणले पनि दर्शकहरु चलचित्र हेर्न आतुर छन् । त्यसमाथी बिना कन्जुस्याइँ लागानी गरेर बनाएकाले गर्दा पनि चलचित्र प्रेम गीत राम्रो बनेको सबैको ठम्माइ छ ।
गीत हेर्नुस्

