Header Ads

राष्ट्रपतिको छोरीले आन्दोलनबारे यसो भनिन्

काठमाडौं । पछिल्लो समय भइरहेका आन्दोलनबारे मानिसले विभिन्न धारणा सार्वजनिक गरिरहेका छन ।

पक्ष र विपक्षमा धारणाहरु सार्वजनिक भइरहेको बेला राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन ।

उनले भनेकी छिन ‘को कालो, को गोरो, को बाहुन, को कामी, को पहाडी को मधेसीः काटे रगत सबै को रातो आउँछ कसको को चाँही निलो , कालो, हरियो आएको छ र ?

एक आपसमा लडाई (मारा–मार) यस्तो किन ? के मधेसी नेपाली होइन र ? के पहाडी नेपाली होइन र ? के थारु नेपाली होइन र ?

व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको पक्षमा काम गर्नु पर्ने अहिलेको ऐतिहासिक आवश्यकता रहेको छ । अव जातीय र धार्मिक या जातीय युद्ध शान्ति र न्यायको लागी हुदैनन ।

केबल बदला लिनको लागी भएका छन । यो युद्धमा कोहि सहि या गलत हुदैन, केवल आफ्नो र पराई हुन्छ । धार्मिक युद्धको कुरा हैन सिङो नेपाल बनेर अगाडि बढौँ ।

कता कता मलाई लाग्छ हिजो हामीले तुलसी भनेर कतै धतुरोको बिउ त रोपेनौँ ? कतै हेर्दा हेर्दै, देख्दा देख्दै चार जात छत्तिस वर्णको एक साझा फुलबारी हाम्रो देश नेपाल उजाड त हुने होइन ?’
Powered by Blogger.