Header Ads

अमेरिकाबाट फर्किएपछि राजीनामा दिन्छु - प्रधानमन्त्री

काठमाडाैं । संविधान जारी हुनुलाई महत्त्वपूर्ण उपलब्धि भन्दै कांग्रेस सभापति एंवम प्रधानमन्त्री सुशील कोइरालाले संविधानले जनताका अधिकार सुनिश्चित गरेको बताए ।

 अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्रीले राजीनामा गर्ने र नयाँ सरकार गठनको बाटो खुल्ने बताएको बडूले जानकारी दिए ।

 ‘संविधान आउनुलाई प्रधानमन्त्रीले महत्त्वपूर्ण उपलब्धि भएको र अब जनताका सबै अधिकार सुनिश्चित हुँदै नेपाल समृद्धिमा अघि बढ्ने बताउनुभएको छ,’ बडूले भने, ‘म अमेरिका जाँदै छु, उताबाट फर्केपछि पहिले गरेको प्रतिबद्धताअनुसार राजीनामा गर्छु भन्नुभएको छ ।’

 प्रधानमन्त्रीले बैठककमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख परिवर्तना सहितका प्रक्रिया आफू फर्किएपछि टुंगिदै जाने बताएका थिए ।

 प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबार अमेरिका जाँदै छन् । कोइराला दुई हप्तापछि अमेरिकाबाट फर्कने कार्यक्रम छ । प्रधानमन्त्री फर्केपछि संसद्को अधिवेशन बोलाउने र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्नेछ ।
Powered by Blogger.