Header Ads

चंखे शंखे पंखे सहित असोज ८ गते तीन फिल्मको भिडन्त

काठमाडौं । आगामी शुक्रबार एकसाथ तीन नेपाली फिल्मको भिडन्त हुँदै छ । भिडन्तमा उत्रिनेछन्, सुदर्शन थापाको चंखे शंखे पंखे, दिनेश श्रेष्ठको कामचोर र भोज गुरुङको भाले फाइट ।

 चंखे शंखे पंखे देशप्रेमको कथामा निर्माण गरिएको फिल्म हो । सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा र प्रेम पुजारी प्रमुख भूमिकामा छन् ।

 त्यसैगरी, बेरोजगार युवाको कथामा निर्माण भएको कामचोरमा हर्षिका श्रेष्ठका साथमा नयाँ कलाकार बढी छन् । भाले फाइटमा भने बाबु बोगटी प्रमुख भूमिकामा छन् ।

तीनमध्ये कुन फिल्मले बाजी मार्ला, त्यसका लागि भने कुर्नै पर्नेछ । शुक्रबार नै हलिउडका दुई फिल्म एभरेस्ट र हाई वे टु धम्पुस पनि रिलिज हुँदै छन् ।
Powered by Blogger.