‘म पार्टी अध्यक्ष नहुने भए, म आउन सकिन, - गच्छदार
काठमाडौं । प्रमुख तीन दलसँग ४ बुदेँ सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार संविधानसभामा फर्केनन् ।
प्रमुख दलका नेतालाई गच्छदारलाई अन्तिम समयमा निराश हुदैँ खबर गरे, ‘संविधानसभा घोषणा गर्ने समारोहमा उपस्थित भए भने फर्किदा 'म पार्टी अध्यक्ष नहुने भए, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’
गच्छदारको यो सन्देश पछि प्रमुख दलका नेताहरु संविधानसभाको औपचारिक समारोह सुरु गर्ने तयारीमा लागे । प्रमुख दलले गच्छदारलाई मनाउनका लागि भरमग्दुर प्रयास गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

त्यसका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कानुन मन्त्री नरहरी आचार्य र बन मन्त्री महेश आचार्यले बिहानै देखी प्रयत्न सुरु गरेका थिए। गच्छदार ब्यक्तिगत रुपमा सहमत भए पछि संविधानसभाको निर्धारित ५ बजेको औपचारिक समारोहलाई अलिकति ढिलाई गर्ने सहमति भयो।
त्यसपछि तयार भएको ४ बुदेँ सहमति लिएर पार्टीमा अनुमोदन गर्न गच्छदार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जान्छु भन्दै हिडे । जहाँ गच्छदारले आफना केही सभासदलाई तयारी अवस्थामा राखेका थिए।