Header Ads

कोरियामा कामसम्बन्धी रोग लागे क्षतिपूर्ति र पेन्सन पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गरी स्वदेश फर्केका नेपालीले त्यहाँ काम गरेकै आधारमा कुनै रोग लागे क्षतिपूर्ति पेन्सन पाउने भएका छन् ।

कोरियाले औद्योगिक बिमासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था गरेको कारोबारमा खबर छ ।

 कोरियाको मानव संसाधन विकास अन्तर्गत ईपीएस कोरिया सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले नेपाल फर्केपछि कोरियाको कामकै कारण स्थायी रोग लागे कामदारलाई दुर्घटना वा रोग पेन्सन क्षतिपूर्ति दिने व्यवस्था गरिएको जानकारी दिए । तर, पेन्सन रकम भने खुलाइएको छैन् ।

‘विदेशीले औद्योगिक दुर्घटना क्षतिपूर्ति पाउन सक्न व्यवस्था भए पनि धेरै कठिनाइ थियो,’ उनले मंगलबार पत्रकार सम्मेलनमा भने-‘श्रमकल्याण परिषद र एचआरडी कोरियाले प्रणालीगत सुधार गरेका छन् । अगस्ट १७ बाटै यो व्यवस्था लागू भएको छ ।’

 फाइल तस्वीर
Powered by Blogger.