Header Ads

ह्याप्पी बर्थ डे टु नायिका रेखा थापा ! लागिन् ३२ बर्षमा ...

काठमाण्डौ । नेपाली चलचित्रकी सफल नायिका रेखा थापा आज शनिबारबाट ३२ बर्षमा प्रवेश गरेकी छिन् । हिरो चलचित्रबाट सिंगो नेपाली फिल्मी उद्योगमा भित्रिएकी रेखाले अहिलेसम्म करिब  १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

त्येसो त  २०४० साल भदौ ५ गते बेलबारी मोरङमा जन्मिएकी थापालाई उछिन्ने नायिका अहिलेसम्म भेटिएका छैनन्, उनले एकछत्र राज गरेकी छिन भन्दा फरक नपर्ला,  एक दशक नै भइसक्यो।

अन्य नेपाली नायिकाहरु भन्दा बढि नै चर्चा र विवादमा तानिने नायिका पनि हुन् । उनीसँगै फिल्मी उद्योगमा छिरेका नायिकाहरुलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । तर थापाको क्रेज भने बढ्दो छ । छोटो लुगा लगाएको भनेर विरोध गर्नेहरु पनि यतिबेला रेखाको फ्यान बन्न थालेका छन ।
पल्छिलो पटक नायिका हुदै निर्मात्री र निर्देशक समेत बनेकी रेखा अब चाँडै आफ्नै होम प्रोडक्शमा चलचित्र रामप्यारी निर्माण गर्दैछिन् । नोभेम्बर २००९ मा नायिका थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् जसको चर्चा अहिलेपनि उतिक्कै छ ।
त्येस्तै कलाकारितासँगै पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् रेखा । समीक्षक र फिल्मकर्मीको भविश्यवाणी क्रमश मिल्दैगयो । उनी नेपाली अभिनेत्रीहरुमा सवैभन्दा अग्ली सावित भइन् ।
केहि बर्ष उनलाई चलचित्रमा ल्याएका निर्माता छवि ओझासँग रहेपछि आफ्नो भावना बुझ्न नसक्ने भन्दै अलग्गिएकी थिइन् । उनि हाल मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा रहँदै आएकी छिन् ।

त्यस्तै, हिम्मतवालीमा नायक बनेका सुदर्शन गौतमसँगको प्रेमको हल्लाले पनि उनलाई बेला-बेला चर्चामा ल्यायो । रेखाले अभिनय गरेको पछिल्लो चलचित्र भने तथास्तु हो । खबरका अनुसार आज रेखाले एक कार्यक्रमका बिच आफ्नो जन्मदिनको केक काट्दैछिन् । नायिका रेखा थापालाई एनपी न्यूजलाइन ब्लगको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।
Powered by Blogger.