विहे गर्ने चक्करमा प्रेमिकालाई रुमालको पासो बनाइ हत्या
काठमाडौं । विहे गर्न कर गरेपछि एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।
गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेका हुन् ।
गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेका हुन् ।

घाँटीमा रूमालले बाँधेर हत्या गरेपछि थिङ होटलबाट फरार भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर घटनाको दुई घन्टापछि नै प्रहरीले थिङलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुरेन्द्र मैनालीका अनुसार युवतीले विहे गरौ भनेपछि दुई जनाबीच झगडा भएको थियो ।
त्यही क्रममा युवकले युवतीको हत्या गरेका हन् ।