यस्तो पो रहेछ राष्ट्रपतिको 'पुत्रमोह' ! "निजी सचिवालय सितल निवासमा"
काठमाडौं । सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधिहरू सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्राध्यक्षको छवि विवादमा तानिएको छ।
राष्ट्रपति यादवका छोरा एवं नेपाली कांग्रेसका तर्फबाट धनुषा-५ का निर्वाचित सभासद् डा. चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरूले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन्।
राष्ट्रपति यादवका छोरा एवं नेपाली कांग्रेसका तर्फबाट धनुषा-५ का निर्वाचित सभासद् डा. चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरूले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन्।

चन्द्रमोहन शीतल निवासमा बस्दा पार्टी विशेषका कार्यकर्ताले त्यहाँ सहज प्रवेश पाएका छन्। कांग्रेसको दलीय राजनीतिमा सक्रिय रहेको आरोप बुबा यादवलाई लागिरहेकै बेला चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोपलाई झन् प्रगाढ बनाएको छ।
नेपाली कांग्रेसका एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘छोरा चन्द्रमोहनलाई धनुषाको राजनीतिमा स्थापति गराउनेदेखि संविधानसभाको निर्वाचन जिताउनेसम्मका कार्यमा बुबा यादव प्रत्यक्ष संलग्न हुनु राष्ट्रपति पदकै लागि राम्रो होइन। राष्ट्रपति कांग्रेसका नेता होइनन्।
अन्तरिम संविधान २०६३ अनुसार उनी सेरेमोनियल राष्ट्रपतिका रूपमा राष्ट्र र जनताप्रति उत्तरदायी हुनेमात्र हो।' राष्ट्रपतिबाट समयसमयमा कांग्रेसको मात्र नभएर अन्य दलको राजनीतिमा समेत खेल्ने र खेलाउने काम भएको उनको दाबी छ।
संयोग र समानता अन्यत्र पनि छन्। भारतका राष्ट्रपति प्रवण मुखर्जीका छोरा अभिजित मुखर्जी पनि त्यहाँको लोकसभाका सदस्य छन् तर उनी राष्ट्रपति निवासमा बस्दैनन्। 'मुखर्जीसँग व्यक्तिगत सम्बन्ध भएका डा. यादवले किन उनीबाट केही सिक्न सक्दैनन्?' एक कूटनीतिज्ञले भने।
राष्ट्रपतिको छोराले निर्वाचन लड्न सक्छन् र राज्य सञ्चालन गर्न सक्छन् तर बाबुसँगै शीतल निवासमा बसेर त्यसको दुरुपयोग गर्न पाउँदैनन् भन्ने बीपी कोइरालाका सच्चा अनुयायी राष्ट्रपतिले बुझ्नुपर्ने ती कूटनीतिज्ञले बताए। उनले भने, 'बीपी प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालालाई मन्त्री दिनुपर्छ भन्ने विराटनगरका मजदुरहरूको माग उनले ठाडै अस्वीकारेका थिए।' अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
