गएराती सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो पराकम्प
काठमाडौं । गएराती सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।

यस अगी आइतबार बिहान दोलखा र धादिङ केन्द्र बिन्दु भूकम्पको २ ओटा पराकम्पन गएको थियो ।
बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको परकम्प अझै आइरहेका छन् ।
अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ३ सय ८८ वटा पराकम्प गैसकेका केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना परकम्प आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क हुन विज्ञले आग्रह गरेका छन् ।