विदेशमा घाइते वा मृत्यु हुनेले यसरी पाउँछन् आर्थिक सहयोग
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहँदा घाइते वा मृत्यु भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएका छ । तर, वैदेशिक रोजगारीमा जाने धेरैलाई यसबारे थाहा नहुन सक्छ ।
बोर्डले उपलब्ध गराएको सहायता कुन अवस्थामा पाइन्छ त ? मृतक कामदारका हकदारले पाउने आर्थिक सहायता वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भएअनुसार र वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम वैदेशिक रोजगारीमामा गई मृत्यु भएमा (जसरी मृत्य भए पनि) कामदारका परिवारलाई प्रक्रिया पूरा गरी ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको आजको कारोबार दैनिकले खबर लेखेको छ ।

यो व्यवस्था ०७१ असोज ३० गतेदेखि लागू भएको हो । तर, यस्तो सहायता प्राप्त गर्न वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको, करार अवधिभित्र मृत्यु भएको र मृत्यु प्रमाणित भएको १ वर्षभित्र मृतक कामदारको हकवालाले बोर्डको सचिवालयमा निवेदन पेस गरेको हुनुपर्नेछ ।
अंगभंग भएका कामदारले पनि आर्थिक सहायता पाउनेछन् । बोर्डले अंगभंगको प्रकृतिअनुसार ३ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउनेछ ।
यसका लागि पनि श्रम स्वीकृति लिएको, करार अवधिभित्र अंग भंग भएको र एक वर्षभित्र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिएको हुनुपर्नेछ ।