Header Ads

मलेसियाको टप ग्लोब कम्पनीमा कार्यरत २७ वर्षिय निलम शौचालयमा मृत भेटिइन

मलेसिया । मलेसियाको टप ग्लोब कम्पनीमा कार्यरत एक नेपाली महिलाको ज्यान गएको छ । पाँचथर भारपा ७ निवासी २७ वर्षिय निलम पन्धाक आफू बस्ने होस्टलको शौचालयमा मृत भेटिएकी त्यही कम्पनीमा काम गर्ने नेपालीहरुले जनाएका छन् ।
गत बिहीबार आफ्नै होष्टलको शोचालयमा पन्धाकको शव झुन्डिएको अवस्थामा फेला परेको हो । शवको छेउमा सानो छुरीसमेत फेला परेको भन्दै पन्धाकका साथीहरुले मृत्यु शंकास्पद रहेको बताएका छन् ।

शौचालयमा मृत भेटिनुभन्दा २ दिन अघि पन्धाक बिरामी भई बेहोस भएको र त्यसको भोलीपल्ट मात्र कम्पनीले उपचारका लागि लगेको टप ग्लोवमा कार्यरत नेपालीले जनाएका छन् ।

शव पोष्टमार्टमका लागि क्लाङ अस्पतालमा राखिएको छ । मृतक पन्धाक १० महिना अगाडी मलेसियाको मेरुमा रहेको टप ग्लोब कम्पनीमा आउनु भएको थियो ।

 पन्धाकको ८ वर्षको छोरा रहेको र ५ वर्षअघि मलेसियामै आएका श्रीमान सम्पर्क बिहीन रहेको उहाँका सकहर्मीले बताएका छन् ।
Powered by Blogger.