डा. केसी आज अपरान्ह ४ बजेबाट पुन: आमरण अनसन बस्दै
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीले सोमबार अपरान्ह ४ देखि आमरण अनशन बस्ने जनाएका छन् ।
चिकित्सा शिक्षा नीतिसम्वन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न र उपकुलपति नियुक्तिमा भागबण्डा नगर्न माग गर्दै उनी अनसन बस्न लागेका हुन् ।
डा. केसी चिकित्सा क्षेत्रको विकृति हटाउन माग गर्दै यसअघि पाँच पटकसम्म आमरण अनसन बसिसकेका छन् । चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्याउन आन्दोलनरत डा. केसीले सरकारलाई तीन पटक समय दिए पनि माग सम्बोधन नभएकाले फेरि अनशनै बस्न लागेको उल्लेख गरेका छन् ।
सरकारी अधिकारीले बारम्बार ‘माग पूरा गर्ने प्रक्रिया जारी रहेकाले समय लाग्न सक्ने’ भन्दै डा.केसीको अनशन टार्दै आएका थिए । डा. केसीका अनुसार सरकारले माग पूरा गर्न आइतबार साँझसम्म औपचारिक, अनौपचारिक वार्ता पहल केही गरेको छैन ।डा. केसी चिकित्सा क्षेत्रको विकृति हटाउन माग गर्दै यसअघि पाँच पटकसम्म आमरण अनसन बसिसकेका छन् । चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्याउन आन्दोलनरत डा. केसीले सरकारलाई तीन पटक समय दिए पनि माग सम्बोधन नभएकाले फेरि अनशनै बस्न लागेको उल्लेख गरेका छन् ।
उनले गत साउन ८ गते सरकारलाई ६ बुँदे माग पूरा गर्न साउन २२ गतेसम्मको अल्टिमेटम दिएका थिए । सरकारी अधिकारीहरुले माग पूरा गर्न थप समय मागेपछि केसीको अनसन दुई सातापछि सरेको थियो ।
त्यसबिचमा चिकित्सा शिक्षा नीतिसम्वन्धी माथेमा प्रतिवेदन मन्त्रिपरिषदले स्वीकृत गरे पनि आफ्ना माग र सुझावलाई नसमेटेको भन्दै केसी असन्तुष्ट छन् । सरकारले आफूसँग गरेका विगतका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
