पारदर्शी कन्ट्रोल बार : यूट्यूब प्लेयरको स्वरुपमा यस्तो परिवर्तन
एजेन्सी ।
यूट्यूबले आफ्नो स्वरुपमा परिवर्तन गरेको छ।
कम्पनीले डेस्कटप प्रयोगकर्ताहरुका लागि आफ्नो प्लेयरको स्वरुपमा थोरै परिवर्तन गरेको छ।
कम्पनीले नयाँ एचटीएमएल ५ भिडियो प्लेयर लन्च गरेको छ जसमा प्रयोगकर्ताका लागि पारदर्शी कन्ट्रोल बार दिइएको छ। यो बारको प्रयोग नभएमा हराएर जान्छ।
यस बाहेक अपडेटेड बटन र ड्रप डाउन मेनु पनि रहेको छ। योसँगै ‘वाच लेटर’ कन्ट्रोल भने यूट्यूब प्लेयरबाट हटाइएको छ। नयाँ प्लेयरमा बटन ठूलो र यसको ड्रप डाउन मेनुको स्पीड पनि धेरै रहेको बताइएको छ।
कम्पनीले बताएअनुसार गत वर्षभन्दा यो वर्ष प्रयोगकर्ताले यूट्यूबमा बिताउने समयमा ५० प्रतिशतले वृद्धि भएको छ।