Header Ads

अध्ययनका लागि अमेरिका उड्दै कृषि पेशा अंगालेकी अभिनेत्री विनिता बराल

काठमाण्डौ। चलचित्र चपली हाइटबाट सर्वाधिक चर्चा र विवादमा तानिएका अभिनेत्री विनिता बराल अमेरिका जाने भएकी छिन् ।

विस्तारै चलचित्रक्षेत्रमा आफ्नो भविष्य नदेखेपछि कृषि पेशा अंगालेकी विनिता कृषी सम्बन्धी अध्ययनका लागि नै अमेरिका जान लागेकी हुन् ।

खबरका अनुसार उनी छात्रावृत्तिमा अमेरिका जान लागेकी बताइएको छ । काठमाडौंको टोखामा जग्गा भाडामा लिएर कृषि पेशा गरिरहेकी विनिता २ बर्षका लागि कृषि सम्बन्धी अधययन गर्न अमेरिका जान लागेको खुलाएकी छिन् ।

उनले आफु अगष्ट ३० मा अमेरिका उड्न लागेको बताइन् । १६ महिना पढ्नुपर्ने र ६ महिना अमेरिकामा नै इन्टर्नसिप गर्नु पर्ने बताउँदै विनिताले आफु डिसेम्बर महिनामा नेपाल आउँने पनि बताइन ।

उनले भनेकी छिन्, ‘म द्वार लिखित कृषि पुस्तक विमोचनका लागि डिसेम्बरमा नेपाल आउँछु र फेरी अमेरिका फर्कनेछु ।’ उनले २७ लाखको कोर्स १३ लाखमा गर्न पाएकोमा खुशी पनि व्यक्त गरेकी छिन् । - इताजा खबरबाट
Powered by Blogger.