Header Ads

मिति: वि.सं.२०७२ साल भदौ ८ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

वि.सं. २०७२ साल भदौ ८ गते। मंगलबार। इश्वी सन् २०१५ अगस्ट २५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। याँहाहरुको दिन शुभ बितोस् भनि कामना गर्दछौ ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। अरूका काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि आँटेको काम अधुरै रहला। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। भ्रमणमा समयमात्र बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा व्यावसायिक कामबाट आम्दानी बढ्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन रमाइलो रहनेछ तर केही बाध्यताले पिरोल्न सक्छ। रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। अरूको विश्वासमा भर पर्दा काममा धोका पाइने देखिन्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा फाइदाभन्दा खर्च बढी हुन सक्छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

यो लिंकमा क्लिक गरेर  डेल्ली नेपालि राशिफल  एप  डाउनलोड गर्नुहोस् ===>>

Powered by Blogger.