नेपाल पहिलो यु १९ साफ च्याम्पियन : दुई दशक लामो उपाधि बिहीन खडेरी तोडियो !
काठमान्डौ । नेपालले शनिबार भएको पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । फाइनलमा खेलमा भारतलाई पेनाल्टी बाट ५-४ ले पराजित गर्दै उपाधि जितेको हो ।
१९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेपछि नेपाली पुरुष फुटबल टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । नेपालका हेमन्त थापा मगर, सुनिल बल, विश्वास श्रेष्ठ, दोना थापा र अनन्त तामाङले गोल गरेका हुन्।
खेलको लगभग अन्त्यतिर भारतले पेनल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएको थियो।
छिरिङ गुरूङले खेलको ८६औ मिनेटमा डि एरिया भित्र बल हातले छोएपछि रेफ्रिले भारतलाई पेनाल्टीको अवसर दिएका थिए।१९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेपछि नेपाली पुरुष फुटबल टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । नेपालका हेमन्त थापा मगर, सुनिल बल, विश्वास श्रेष्ठ, दोना थापा र अनन्त तामाङले गोल गरेका हुन्।
>

पेलान्टीमा गोल गर्दै भारत खेलमा फर्किएको थियो। निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा गरिएको हो।
भारतीय खेलाडी मोनुद्दिनको पेनाल्टी प्रहार बाहिरिएपछि नेपालले खेल जितेको हो। आजको फुटबल खेल हेर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति रहेको थियो ।
