किन घैंटेको शव उठेन ? कुमाले'लाई पनि तह लगाउनु पर्ने माग !
काठमान्डौ । प्रहरीको फेक ‘इन्काउन्टर’ मा मारिएको भनिएका कुमार घैंटेको शव शनिबार सम्म उठेको छैन । यो प्रकरणमा छानबिन आयोग नबनेसम्म शव नउठ्ने बताइएको छ ।
उनको शब अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली कांग्रेसका सभासद तथा नुवाकोट कांग्रेसका सभापाति जनदिश्वर नरसिंह केसीले घटनाको न्यायिक छानबिन आयोग नबनेसम्म घैंटेको परिवारले उनको शब नबुझ्ने बताएका छन् ।
उनको शब अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली कांग्रेसका सभासद तथा नुवाकोट कांग्रेसका सभापाति जनदिश्वर नरसिंह केसीले घटनाको न्यायिक छानबिन आयोग नबनेसम्म घैंटेको परिवारले उनको शब नबुझ्ने बताएका छन् ।

उनले प्रहरी मुठभेटमा नभई कुमारलाई षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै यसमा गृहमन्त्री बामदेब गौमतकै हात रहेको आरोप समेत लगाए । प्रतक्ष्यदर्शीको भनाइ र प्रहरीको अपत्यारिलो घटना विबरणले पनि यो एउटा फेक इन्काउन्टर थियो भन्ने कुरालाई ब़ल मिलेको छ । यद्दपि घैंटे जन्माउने "कुमाले" लाइ पनि तह लगाउनु पर्यो भन्ने आवाज पनि उठिरहेको छ ।
जय पन्थ फेसबुकमा लेख्छन " कुमार घैंटेलाइ गुण्डा नाइकेको बिल्ला लगाइदिएर कुकुर मारे झैँ मारेको देख्दा सार्है चित्त दुख्यो । खास नाइके त अरु नै हुन् घैटो फुटाएर भएन कुमालेलाई नै तह लगाउनु पर्यो" त्यस्तै तुलसी बास्कोटा आफ्नो फेसबुकमा लेख्छन " सक्छौ भने कुमार श्रेष्ठहरुलाइ घैटे बन्न बाध्य बनाउनेहरुलाइ सिध्याउ । आफुले जन्माएको छोरा मार्दैमा बाबू साहसी हुदैन" ।
प्रहरिको भनाइ अनुसार हप्ता असुली र जवर्जस्ती असुलीबाट घैंटेले २० करोड भन्दा बढी अवैध सम्पति जोडेका कुमार घैंटे स्कुल कलेजमा आफ्ना सहयोगी लाइ डि आइ (डिसिप्लेन इन्चार्ज) नियुक्त गरि पैसा असुल्ने गर्थे । विभिन्न कसुरमा घैंटे पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।
सम्पति सुद्धिकरण विभाग र प्रहरी मिलेर तिन वर्ष पहिले नै डनहरुको सम्पति अनुसन्धान गरि मुद्दा चलाए पनि घैंटे राजनीतिक पहुच कै आधारमा बच्दै आएका थिए । घैंटेको गत बिहिबार सामाखुसीस्थित कपुरधारामा प्रहरी इन्काउन्टरमा मत्यु भएको थियो ।
