२६ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला
कपिलवस्तु । जिल्लाको मानपुरमा एक युवती झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेकी छन् ।
खुरुहुरिया गाविस–४ खुरुहुरिया बस्ने २६ वर्षीया जैनव लोनिया गणेशपुर गाबिस–६ मानपुर गाउँस्थित माछा पोखरीको डिलको सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हु्न् ।
खुरुहुरिया गाविस–४ खुरुहुरिया बस्ने २६ वर्षीया जैनव लोनिया गणेशपुर गाबिस–६ मानपुर गाउँस्थित माछा पोखरीको डिलको सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हु्न् ।

उनी नाइलनको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।