एकै दिन एक अर्बले चलाए फेसबुक, जुकरबर्ग द्वारा खुशी ब्यक्त
एजेन्सी । विश्वका एक अर्ब मानिसले इतिहासमै पहिलोपटक एकै दिन फेसबुक चलाएको कम्पनीका सञ्चालक मार्क जुकरबर्गले बताएका छन् ।
यस अबसरमा खुशी समेत ब्यक्त गरे । गएको सोमबार विश्वका सातमध्ये एकजनाले आफ्ना साथी र परिवारसँग सम्पर्क गर्न फेसबुक प्रयोग गरेका थिए, जुन हाम्रा लागि कोसेढुंगा सावित भएको छ,’ आफ्नो पोस्टमा जुकरवर्गले भनेका छन् ।
फेसबुकका अनुसार विश्वका साढे एक अर्ब मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक चलाउँछन् ।
तर, ताजा आँकडामा भने एक अर्ब जनाले एकै दिन फेसबुक चलाएको देखिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
