अब फेसबुकमा अनफ्रेन्ड गरेको थाहापाइने
फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो होला भनेर सोच्नेहरुका लागि खुसीको खबर छ।
किनकि अब ‘हु डिलीटेड मी अन फेसबुक’ नामक एपले यी सबै कुराको जानकारी दिनेछ। यस एपले फेसबुकमा भएका फ्रेन्ड लिस्टमा नजर राख्ने छ।

तर यो एप फेसबुकले आफैं निर्माण गरेको भने होइन। यो नयाँ एप ट्विटरको हु अनफलोड मी जस्तै हो। फेसबुकको यो नयाँ एपले तपाईको पुरानो गतिविधिहरुलाई भने हेर्ने छैन।
यो एप फोनमा इन्सटल भएपछि मात्र काम गर्ने छ।
यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ।
यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ।