Header Ads

एक वर्ष भयो श्रीकृष्ण र श्वेताको विवाह भएको ! तर बिडम्बना यो संसारमा छैनन् श्रीकृष्ण

काठमाण्डौ । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का बिच गएको वर्ष ०७१ असार २३ विवाह भएको थियो । श्रीकृष्ण र श्वेता बिच विवाह भएको आज ( बुधबार) एक वर्ष पुरा भएको छ ।

 तर यो जोडीको विवाह लामो समय सम्म टिक्न सकेन । बिवाह भएको १ महिना नपुग्दै अभिनेता श्रीकृष्ण स्वर्गिय बन्न पुगे । अनि श्वेता शोकको सागरमा डुबिन । श्वेता मात्र नभएर नेपाली चलचित्र प्रेमी सबैलाई ठुलो शोक पर्ने पुग्यो ।

बोन क्यान्सरका कारण भारतको गंगाराम अस्पतालमा उपचारको क्रममा श्रीकृष्णको निधन भयो । चलचित्र ‘कहाँ भेटिएला’बाट नजिकीएका श्रीकृष्ण र श्वेताले थुप्रै चलचित्रमा जोडी भएर अभिनय गरेका छन । कुनै चलचित्रमा उनिहरुले श्रीमान -श्रीमती भएर अभिनय गरेका छन भने कुनै चलचित्रमा प्रेमी - प्रेमीका ।
उनिहरु पहीलो पट्क जोडी भएर अभिनय गरेको चलचित्र ‘कहाँ भेटिएला ’सुपरहीट हुन पुग्यो । लामो समयको प्रेम पछि श्रीकृष्ण र श्वेताले पारिवारिक सहमतीमा गएको एक वर्ष अगाडी विवाह गरेका थिए । चलचित्र ‘कहाँ भेटिएला’ बाटै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले चलचित्रहरु ‘श्रीमान् श्रीमती’ र ‘कोहिनूर’ मा श्रीकृष्णको जोडी भएर अभिनय गरेकी छन् ।

श्रीकृष्णले निर्माण गरेको दोश्रो चलचित्र ‘कोहिनूर’ हो । जुन चलचित्र उनको निधन हुँदा हलमा प्रदर्शन भैरहेको थियो । श्रीकृष्णको शवलाई सरकारी सम्मान सहित पशुपति आर्याघाटमा अत्यष्टि गरिएको थियो ।

श्रीकृष्णले निर्माण गरेको दोश्रो चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्र क्षेत्रमा नयाँ रेकड समेत बनाएको थियो । जुन चलचित्र यतिबेला देश - बिदेशमा समेत पर्दशन समेत भैरहेको छ ।
Powered by Blogger.