साँझ ५ बजेर ३९ मिनेट जादा भूकम्पको धक्का महसुस
काठमाण्डौ । दोलखा केन्द्रबिन्दु बनाएर सोमबार साँझ भूकम्प गएको छ ।
साँझ ५ बजेर ३९ मिनेट जादा दोलखा केन्द्र भएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस अगी काठमाण्डौको कीर्तिपुर केन्द्रबिन्दु बनाएर आइतबार साँझ ३.३ रेक्टर स्केलको पराकम्पन गएको थियो ।
यस अगी काठमाण्डौको कीर्तिपुर केन्द्रबिन्दु बनाएर आइतबार साँझ ३.३ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।