असईले युवतीसँग घुसबापत यसरी किस मागेपछि …
काठमाडौं । मापसे चेकजाँचका क्रममा घुसवापतत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् । असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ ।

गत २ मंसिरमा डिल्लीबजारमा मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए । तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाइदिने भन्दै उनले युवतीसँग बार्गेनिङ गरेका थिए । पछि युवतीकै स्कुटरको पछाडि बसेर दुव्र्यवहार गरेका थिए ।
भोलिपल्ट युवतीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएकी थिइन् । सोही दिन महाशाखाले उनलाई निलम्बन गरी छानविन थालेको थियो ।
चेकिङमा परेकी युवतीलाई विभिन्न बहानामा नियन्त्रणमा लिएर उनले दुव्र्यवहार गरेको छानविनका क्रममा समेत पुष्टि भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
