Header Ads

एनआरएन अष्ट्रेलियामा सिग्देलको नेतृत्व विजयी

अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको आगामी दुई वर्षे कार्यकालको लागि सुरेन्द्र सिग्देल अध्यक्ष पदमा विजयी भएका छन् । उनले प्रतिष्पर्धी भरत पोखरेललाई पराजित गरेका हुन् । यस्तै सचिव तोनु गोथाने विजयी भएका छन भने उनले प्रतिस्पर्धी स्वतन्त्र प्रताप शाहलाई पछि पारेका हुन् । यसैगरी कोषाध्यक्ष पदमा डिला खरेल र युथ कोअडिर्नेटरमा विजय शर्मा चापागाईं विजयी भएका छन ।
न्यू साउथवेल्सको परिणाम यस्तो 
न्यू साउथवेल्सको संयोजक एवं एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षमा दिनेश पोखरेल बिजयी भए । उनले १२ सय ३० मत ल्याए । यस्तै उपसंयोजकमा प्रकाश खरेल १२ सय ४० ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी राजु मानन्धरले ६ सय ८५ मत ल्याए । त्यस्तै सचिव पदमा भुपाल सिटौला एक हजार ८९ मतका साथ विजयी भए । उनका निकटतम प्रतिष्पर्धी भरतमणी देवकोटाको आठ सय ३६ मत आएको छ ।
यस्तै गरी कोषाध्यक्षमा लक्ष्मण सापकोटाले एक हजार एक ७६ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी अजय राजवंशीको सात सय ४१ मत आएको छ ।
एनसीसी सदस्यहरू :-
यस्तै एनसीसी सदस्यहरूमा नन्द गुरूङ १२ सय ४१, जानकी पौडेल १२ सय ६, छविप्रसाद ११ सय ५४, विकास केसी एक हजार ६७, उषाकिरण बारिया नौ सय ७ र राजकुमार अधिकारी आठ सय ९२ मत ल्याएर निर्वाचित भएका छन् ।
एससीसी सदस्यहरू तर्फ आरती पोखरेल ११ सय ४०, पूजा चन्द ११ सय २९, सुनिता लिम्बु शर्मा एक हजार ९८, श्रृष्टि पौडेल एक हजार ७४, अर्जुन केसी एक हजार ४९, देवेन्द्र गैरे नौ सय ७९, दीपबाबु लामिछाने नौ सय ४९, मञ्चला सिटौला दाहाल नौ सय ४७, महेश प्रसार्इं नौ सय २८, कृष्ण निरौला नौ सय १८, राजेश केसी नौ सय ०४, जीतजंग खड्का आठ सय ९८, रमेश केसी आठ सय ८५, गीता लम्साल आठ सय ६४, रोहित खड्का आठ सय ३४, निजन चौलागाईं आठ सय १४, प्रकाशचन्द्र अर्याल आठ सय ११ मत ल्याउएर बिजयी हुन सफल भएका छन् ।
पश्चिम अष्ट्रेलियाको परिणाम यस्तो 
राज थपलिया पश्चिम अष्ट्रेलियाको स्टेट कोअर्डिनेटर बन्न सफल भएका छन् । उनले रविन रावललाई पछि पारेका हुन् । यसैगरि वरिष्ठ उपाधक्ष्य पदमा दीपक शर्मा निर्विरोध विजयी भएका छन् सचिवमा सैलेश मैनाली निविर्रोध विजयी भएका छन् भने कोषाध्यक्षमा आशिष अधिकारी रहेका छन् ।
स्टेट कोअडिर्नेसन कमिटी सदस्यहरूमा क्रमशः शेखर घिमिरे, राजन घिमिरे, संजय चौधरी, भोजराज खत्री, कृष्णमान श्रेष्ठ राजेश बुढाथोकी दिपक शाक्य, नवीन मैनाली र नवीन विडारी बिजयी भएका छन् ।
त्यस्तै नेसनल कोअर्डिनेशन कमिटीमा पश्चिम अष्ट्रेलियाबाट सदस्यहरूमा कमल तिमल्सिना, गणश घिमिरे, दिपक पराजुली विजयी भएका छन् ।
एडिलेडमा यस्तो आयो
वेष्टर्न अष्ट्रेलियामा सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार संयोजकमा नवीन कँडेल विजयी हुनुभएको छ भने सहसंयोजकमा नरायनकाजी गुरूङ, कोषाध्यक्षमा संगिता बुढाथोकी, सचिवमा नविन पन्त, सदस्यहरूमा बन्दविक्रम कार्की, दीपा थापा, प्रजीता गेलाल, बाल सापकोटा र देवराज कँडेल विजयी भएका छन् ।
को हुन् सिग्देल ?
तनहुँको अरूणोदय गाविसमा २०२४ सालमा जन्मेका उनले पोखराको पृथ्वीनारायण क्याम्पसवाट स्नातक तहको पढाई पुरा गरे भने अष्ट्रेलियामा स्नातकोत्तर पुरा गरे । आफ्नो परिवार सहित अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका उनि एक सफल व्यवसायीका रूपमा परिचित छन् । सन् १९९७ मा अष्ट्रेलिया गएका उनले सन् २००८ वाट व्यवसाय सुरू गरेका थिए । १९९८ देखि एनएडीएफमा आवद्ध भएका उनले दुई पटकसम्म एनएडीएफको अध्यक्ष बनेर काम गरिसकेका छन् ।
एनआरएन अष्ट्रेलियाको दुई कार्यकाल सदस्य र एनआरएन आइसीसीको कार्यकारी सदस्य बनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुलिसकेका सिग्देल अस्ट्रेलियामा नेपालीलाई पर्ने शिक्षा र आप्रवासी सम्बन्धी समस्यामा परामर्श दाताको रूपमा कार्यरत छन् । राष्ट्रिय भावना र बिपदमा परेको मातृभुमीको पुननिर्माणको सोंचको चुनावी एजेण्डा बनाएका थिए ।
Powered by Blogger.