Header Ads

अाजबाट पहिलो राष्ट्रिय आँंप महोत्सव राजधानीमा शुरु हुदै

काठमाडौँ । नेपालमै पहिलोपटक ’पहिलो राष्ट्रिय आँंप महोत्सव’ भोलीदेखि राजधानी काठमाण्डौमा शुरु हुदैछ ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । अाज र भाेली गरी दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच खुद्रा र छ थोकका कक्ष रहने सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।

महोत्सवमा नेपालमा पाइने १८ जातका ‘फलको राजा’ आँपको जात र भारतलगायत अन्य मुलुकबाट भित्रिने विषादी तथा रसायनयुक्त आँपका बारेमा पनि उपभोक्तालाई जानकारी दिइने उनले बताए ।

 सङ्घले विषादीरहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र खरिद तथा सेवन गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

निर्देशनालयका वरिष्ठ कृषि अर्थविद खिमनिधि लोहनीका अनुसार नेपालमा ४६ हजार ४६९ हेक्टरमा आँप खेती हुन्छ । - स्रोत - See more at: http://www.newsabhiyan.com बाट
Powered by Blogger.