नन्दप्रसादको छाेराकाे हत्या आरोपी निर्दोष रहेको अदालतको फैसला
काठमाडौं । नन्दप्रसाद अधिकारीको छाेरा कृष्ण प्रसाद अधिकारीकाे हत्याका आरोपी निर्दोष रहेको अदालतले फैसला गरेको छ । पुनराबेदन अदालत हेटौंडाले दोषी भनिएको छविलाल पौडेल निर्दोष रहेको फैसला गरेको हो ।
उनी विरुद्ध २०६२ मंसिर २६ मा नन्दप्रसादका छोरा नुरप्रसाद अधिकारीले किटानी जाहेरी दिएका थिए । सो किटानीलाई अदालतले कुनैपनि आरोप पुष्टि हुने आधार नभेटेको भन्दै कसुर गरेको बारे कुनै प्रमाण नभेटिएको फैसला गरेको छ ।
‘आरोपीत कसुर गरेकोमा विपक्षि सबै प्रतिवादीले इन्कारी बयान गरेको अवस्थामा अनुसन्धानको क्रममा पेस भएका तत्काल अन्य प्रमाणबाट समेत यी प्रतिवादीहरुले आरोपीत कसुर गरेका हुन भनि देखिने वा कसुरदार हुन भनि विश्वास गर्न सकिने अदालतबाट निवेदन माग भए बमोजिम गर्नुपर्ने देखिएन ।’उनी विरुद्ध २०६२ मंसिर २६ मा नन्दप्रसादका छोरा नुरप्रसाद अधिकारीले किटानी जाहेरी दिएका थिए । सो किटानीलाई अदालतले कुनैपनि आरोप पुष्टि हुने आधार नभेटेको भन्दै कसुर गरेको बारे कुनै प्रमाण नभेटिएको फैसला गरेको छ ।
फैसलामा भनिएको छ । न्यायाधीशहरु हरिकुमार पोखरेल र तिलक प्रसाद श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । गत विहीबार यस्तो फैसला भएको हो ।
छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई कार्बाहीको माग गर्दै अनसनमा बस्दाबस्दै नन्दप्रसाद अधिकारीको गत असोजमा मृत्यु भएको थियो । उनको शवलाई अहिले सम्म पनि दहासंस्कार गर्न सकिएको छैन ।
