युवतीले टाइट पाइन्ट लगाउदा अस्पतालमा नै भर्ना हुन् परेपछी
एजेन्सी । निकै कसिलो जिन्स लगाउने शोख एक युवतीका लागि यति भारी सावित भयो की उनले लगातार ४ दिनसम्म अस्पतालको बास हुनुपर्यो ।
अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन् । अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स काटेरै निकाल्नुपर्यो ।
टाइट जिन्स पीडित यी महिला ट्याक्सी चढेर रोयल एडिलेड हस्पिटल पुगिन् । अस्पतालका डाक्टरहरुले त्यो हालत देखेपछि आश्चर्यमा परे । खुट्टाहरुमा रक्तप्रवाह पनि रोकिएको थाहा पाएपछि डाक्टरहरु झनै गम्भीर बने अनि पाइन्ट काटेर तथा च्यातेर निकाल्नुपर्यो ।अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन् । अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स काटेरै निकाल्नुपर्यो ।

डाक्टरहरुले त्यो घटनालाई फेसन भिक्टिम नाम दिएका छन् । टाइट पाइन्ट पीडित महिलाका अनुसार उनले उक्त दिन विहान मात्र उक्त जिन्स लगाएकी थिइन् । साँझपख उनी पार्कमा घुम्न निस्किएकी थिइन् । पार्क घुम्दै गर्दा उनले आफ्ना खुट्टाहरु सुन्निँदै गएको र खुट्टामा महसुस हुन छाडिसकेको थाहा पाइन् ।
केहीबेर पछि त उनी हलचल गर्न तथा उभिन पनि नसक्ने भइन् । त्यसपछि उनले एउटा ट्याक्सी पक्रेर तत्कालै अस्पताल पुगिन् । डाक्टरहरुका अनुसार टाइट जिन्सले महिलाका तिघ्राहरु कमजोर बनाइदिन्छ ।
त्यस्तै पिडौलामा रहेका दुइ प्रकारका स्नायु प्रणालीमा पनि दबाब सिर्जना हुन्छ । खुट्टामा रक्तचाप कम हुन जान्छ र त्यसले समग्र स्नायु प्रणालीमै गम्भीर असर पूराउँछ ।
