‘फ्री भिसा, फ्री टिकट’ ब्यवस्था १० दिनपछि लागू हुने
काठमाडौं, असार १० ।
असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा ‘फ्री भिसा, फ्री टिकट’ ब्यवस्था लागू हुने भएको छ । सरकारले सूचना निकालेर त्यस बारेमा जानकारी गराएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक सूचना जारी गरी २१ गतेदेखि यी सात मुलुकमा निःशुल्क भिसा र टिकट अनिवार्य गरेको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक सूचना जारी गरी २१ गतेदेखि यी सात मुलुकमा निःशुल्क भिसा र टिकट अनिवार्य गरेको छ ।

जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउनेजाने हवाई टिकटको खर्च ब्यहोर्ने र कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो ।
यो ब्यवस्था असार २१ गतेदेखि लागू हुने बोर्डको वेबसाइटमा उल्लेख छ । अब मेनपावर कम्पनीले १० हजार मात्रै लिनपर्नेछ । वैदेशिक रोजगार ब्यवसायीले यो निर्णयबाट माग घट्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष नेतासँग निर्णय फिर्ताको लविङ गरिरहेका छन् ।
