विमान दुर्घटनामा परेका आमा छोरा पाँच दिनपछि जीवित भेटिए
कोलम्बिया । कोलम्बियामा एक विमान दुर्घटना भएको पाँच दिनपछि एक महिला र उनका एक वर्षको छोरा जंगलमा जीवित भेटिएका छन् । कोलम्बियाको वायुसेना प्रमुखले यसलाई एक चमत्कार भनेका छन् ।
उद्धारकर्मीहरुले १८ वर्षीया मलिया नेली मुरियो र उनका एक वर्षको छोरालाई दुर्घटनास्थल नजिकै भेट्टाएका छन् । चोको प्रान्तमा एक विमान पाँच दिन अघि दुर्घटना भएको थियो, जसमा मुरियो आफ्नो बच्चासहित यात्रा गरेकी थिइन् । मुरिलोको शरीरमा केही चोट लागेको छ भने आगोले अनुहारमा पोलेको घउ पनि छ ।

तर, उनको बच्चा पूर्ण रुपमा सुरक्षित छ । सेसना विमान माछा र नरिवल लिएर नुकुई शहरबाट चोको प्रान्तको राजधानी कुइदबोका लागि उडेको थियो । तर, उडान भएको २० मिनेटपछि नै सम्पर्कबिहीन भयो । दुई दिनपछि घना जंगलमा विमान दुर्घटनाग्रस्त भेटियो । दुर्घटनाको कारण खुलेको छैन । अधिकारीहरुका अनुसार दुर्घटना भएको विमावमा चालक ककपिटमा मृत भेछिएका छन् ।
तर, मुरिलो र उनका बच्चाबारे कुनै जानकारी थिएन । तर, यात्रुको सूचीमा नाम थियो । उद्धार टोलीले हेलिकोप्टरबाट लाउड स्पीकर लगाएर मुरिलोको नाम बोलाउँदै जंगलमा खोजे । खोजी गर्ने क्रममा जंगलको एक रुखमुनी मुरिलोको बच्चाको जन्मदर्ता प्रमाण भेटिएपछि उद्धार टोलीको आश पलाएको थियो । तर, दुई दिनसम्म कुनै आत्तो पत्तो लागेन ।
बुधबार दुर्घटनास्थलबाट करिव ५०० मिटर पर नदी किनारमा मुरिलो र उनको बच्चा भेटिएको छ । विमानमा आगो लागेपछि ढोका खोल्न सफल भएको र आफू जंगलतर्फ भागेको मुरिलोले बताएकी छिन् । मुरिलोको अहिले उपचार भइरहेको छ ।
उनको बच्चा भने पूर्ण रुपमा स्वस्थ छ । मुरिलो कसरी बचिन भन्ने खुलेको छैन ।तर, स्थानीय सञ्चार माध्यमहरुले जंगलमा बस्ने आदिवासी जोडीले उनीहरुलाई सहयोग गरेको हुनसक्ने बताएका छन् ।