Header Ads

एमाओवादीले असहमति भएपनि मस्यौदा निर्माण नरोक्ने, सर्वोच्चको आदेश त्रुटिपूर्ण भएको ठहर

काठमाडौं । एकिकृत नेकपा माओवादीले संविधानको मस्यौदा लेख्ने क्रममा पार्टीको असहमति भएपनि मस्यौदा लेखन कार्य नरोक्ने भएको छ ।

 एमाओवादीले सहमति जुट्न नसकेका अन्तर्वस्तुमा ‘असहमति जनाएर’ भएपनि नयाँ संविधानको मस्यौदा तयार गर्ने वातावरण निर्माण गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको वैचारिक बहस व्यवस्थापन समितिको बैठकले सहमति जुट्न नसकेका विषय जनतामा लिएर जाने तर अड्काएर नराख्ने निर्णय प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

 १६ बुँदे सहमतिबारे सर्वोच्च अदालतको आदेश त्रुटीपूर्ण भन्दै त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । १६ बुँदे राजनीतिक सहमतिपछि अघि बढेको कोर्सलाई चाँडो भन्दा चाँडो टुंग्याउने गरी संविधान निर्माण प्रक्रिया अघि बढाउन सहयोग गर्न आफ्ना सभासदहरुलाई एमाओवादीले निर्देशन समेत दिएको माओवादीले जनाएको छ ।

 स्रोत - See more at: http://www.newsabhiyan.com बाट
Powered by Blogger.