भूकम्पले करिब १ लाख २६ हजार गर्भवती महिला प्रभावित
काठमाडौं, वैशाख १९ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) ले करिब १ लाख २६ हजार गर्भवती महिला भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ । भुकम्पबाट प्रभावित करिव ८० लाख जनसंख्या मध्ये गर्भवती महिलाको संख्या सवा लाख भन्दा बढी रहेको अनुमान गरेको हो ।
कुल जनसंख्याको ५१ प्रतिशत महिला छन् ।
त्यसमध्ये २५ देखि २७ प्रतिशत प्रजनन उमेरका महिला भूकम्पबाट प्रभावित भएको अनुमान गरिएको छ । यूएनएफपिएको अनुमान अनुसार झण्डै २० लाख प्रजनन उमेरका किशोरी तथा महिला भूकम्पबाट प्रभावित भएका छन् । त्यसमध्ये ४/५ प्रतिशत महिला गर्भवती रहेको तथ्याङ्क छ । ‘हामीले कुल जनसंख्या र प्रभावित जनसंख्याको हिसाब गर्दै अनुमान गर्ने फर्मुला अनुसार अनुमानित तथ्याङ्क निकालेका हौं,’ युएनएफपीएका राष्ट्रिय मानवीय सहायता अधिकृत हरि कार्कीले भने, ‘यो अनुमानित भने पनि वास्तविक तथ्याङ्कसँग करिब करिब मिल्न आउँछ ।’

उनका अनुसार अन्य महिलाको भन्दा गर्भवति महिलाको स्वास्थ्य कमजोर हुने भएकाले भुकम्पले गर्भवतीलाई मानसिक आघात पुर्याउँछ । भूकम्प जस्ता प्राकृतिक प्रकोपको सन्दर्भमा महिला र किशोरीहरू सवैभन्दा बढी कमजोर जनसंख्या हुन् । यस्तो अवस्थामा अधिकांश महिलाले अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा पाउँदैनन् ।
कतिपय महिला अस्पताल र डाक्टरबाट टाढा रहेर बच्चा जन्माउन बाध्य हुन्छन् । सफा र ताजा खानेकुराको अभाव, बासस्थानको समस्याले गर्दा पनि उनीहरु बढी प्रभावित हुने कार्कीले जानकारी दिए । भूकम्पबाट प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सम्वोधन गर्न युएनएफपीएले प्रजनन स्वास्थ्य सामग्री (आरएच किट) प्रदान गरिरहेको जनाएको छ ।
जसमा सुरक्षित सुत्केरी गराउने आवश्यक सामग्री र अत्यावश्यक सरसफाई सामग्री सहितका रक्षा-सामग्री (डिग्निटी किट) पनि उपलब्ध गराइरहेको छ । विस्थापितहरूको शिविर लगायतमा लैंगिक हिंसा रोकथाम गर्न यूएनएफपिएले नेपाल सरकार र साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ ।