कस्तो अचम घरभाडा मासिक छ रुपैयाँ मात्र रे !
काठमाडौँ, जेठ ८ ।
उपत्यकाका असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला ? ५० हजारदेखि १ लाखसम्म । हाम्रो अनुमान यही हुन्छ । चल्तीको दर पनि यही हाराहारी छ । तर, असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ ।
पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् ।
असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जानकारी दिए । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइबुझाइ गरेर पनि प्रचलित कानुनअनुसार भाडा लिनुपर्ने बताए । राणाकै पालामा ‘बहाल बुझाएसम्म सन्तान, दरसन्तानसम्म भोगचलन गर्नू’ भन्ने लेखिदिएकै भरमा उनीहरूले भोगचलन गर्दै आएका छन् ।
त्यसवापत संस्थानलाई मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडा बुझाउने गरेको संस्थानका सहप्रशासक हेमराज सुवेदीले जानकारी दिए । ‘हामीले पटकपटक समयसापेक्ष रूपमा भाडा दिनुपर्छ भनेका छौं’ उनले भने, ‘उहाँहरू संगठित हुनुहुन्छ । आफ्नै अडान राखेर सहमतिमा आउनै चाहनुहुन्न ।’ उनका अनुसार त्यहाँबाट घर हेरी ६, १०, १५, २५ रुपैयाँसम्म संस्थानलाई उठ्ने गरेको छ ।
तर, कतिपय सटरमा व्यापार गर्नेले भने अहिले चलनचल्तीमा रहेको भाडा बुझाएका छन् । उनीहरूले बुझाएको रकम कसले उठाउँछ, कहाँ बुझाउँछ भन्नेसम्म पनि जानकारी नभएको चौधरीले बताए । ‘सरकारले अहिले बिरामीलाई औषधि दिँदा पनि विश्वास नगरेर नखाने अवस्था छ,’ मन्त्रालयका सचिव रेग्मीले समितिको बैठकमा भने, उनीहरूलाई सम्झाएर बुझाएर भाडा दिनुपर्छ भन्ने बनाउनुपर्छ ।’
उनले यस्तै कारणले गुठी संस्थान रूपान्तरण हुन नसकेको उल्लेख गर्दै रूपान्तरण वा खारेज नै अहिलेको आवश्यकता भएको बताए । ‘सांस्कृतिक सम्पदा मास्ने भनेको होइन,’ रेग्मीले भने, ‘तर, काम बाँडफाँट गर्नुपर्ने अवस्था छ ।’ स्रोतका अनुसार गुठी संस्थानलाई बुझाउनुपर्ने भाडा सरकारले बुझाएको छैन । विभिन्न स्थानका जग्गा भोगचलन गरेवापतको साढे दुई अर्ब रुपैयाँ सरकारले नै बुझाउन बाँकी रहेको आजको नागरिक दैनिकमा समाचार छ ।