महा भूकम्प पछी हजाराैं मानिस यसरी छिरे संविधानसभामा - भिडियो सहित
काठमाडौ, वैशाख १८ । जनताको मतबाट निर्वाचित जनप्रतिनिधि बस्ने नयाँ बानेश्वरस्थित संविधानसभा परिसर सर्वसाधारणको पहुँच बर्जित छ । सिंहदरबार भन्दा पनि कठीन छ त्यहाँ प्रवेश । ६०१ सभासद, त्यहाँका कर्मचारी र मन्त्रीजस्तै ठूला मान्छे वा ‘पास होल्डर’ले मात्र छिर्न पाउँछन् ।
तिनले पनि ‘माइन्युटली’ चेकजाँच पछि मात्रै प्रवेश पाउँछन् । सामान्यतया: १ नम्बर गेटबाट भीभीआईपी, २ नम्बरबाट सभासद र ३ नम्बरबाट कर्मचारी तथा पास होल्डरले प्रवेश पाउँछन् ।
गएको शनिबार भने यस्तो भएन । कसैलाई मेटल डिटेक्टर लगाइएन, कसैको ‘पास’ खोजिएन । १–२ होइन हज्जारौं सर्वसाधारण संविधानसभा परिसरमा छिरे । यी मानिसका लागि नै भनेर संविधानसभाका तीनवटै ढोका खोलिए । कारण थियो, महाभूकम्प । शनिबार बिहान ११ बजेर ५६ मिनेटमा आएको ७.६ रेक्टर स्केलको महाभूकम्पले पृथ्वी हल्लिएका बेला संविधानसभा भवन नहल्लिने कुरै थिएन । खुला र सुरक्षित ठाउँको खोजीमा रहेका बानेश्वरबासीका लागि संविधानसभा परिसर मात्र एउटा खुला आश्रयस्थल थियो । डरले भागदौड गरिरहेका मानिसहरुका लागि अरु खुला स्थानको अभाव थियो । सडकमा उभिए ठूला भवन ढल्ने र किचिइने डर थियो । यसैले हजारौं जनता संविधानसभाको ढोकामा झुम्मिए ।
तर, त्यहाँ पनि पर्खाल थियो । त्यही पर्खाल भत्किएर दुर्घटना हुने सम्भावना उत्तिकै थियो । हज्जारौं मानिसको नजर र आशा संविधानसभा भित्रको चौरतिरै गयो । आशा भए पनि मानिसहरुमा ढोका खुल्ला भन्ने विश्वास थिएन । तर, त्यही बेला सबै ढोका सहजै खुले । ढोका खुल्नासाथ ठूलो बाँध फुटेर निस्किएको पानीजसरी मानिसहरु खुला मैदानमा छिरे । एकैछिनमा संविधानसभा प्रांगण मानिसहरुले भरियो । मानिसहरुले सुरक्षाको अनुभूति गरे । तर, संविधानसभाको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मीलाई भने धेरै सजिलो भएन । यति सजिलै ढोका खुल्नुका पछाडि थिए– प्रहरी निरिक्षक दीपेन्द्र पञ्जियार । ढोकामा मान्छेको भीड जम्मा भएपछि दीपेन्द्रले कत्ति अलमल नलिई ढोका खोल्ने आदेश दिएका थिए ।
‘त्यत्रा मान्छेले आशको नजरले हेरेपछि मलाई ढोका खोल्न मन लाग्यो तर त्यसका लागि मैले कसैको आदेश लिएको थिइनँ, आदेश लिने समय पनि थिएन,’ दीपेन्द्रले भने, ‘त्यसपछि मलाई लाग्यो, यत्रा मान्छेको सुरक्षाको कुरा छ, ढोका त खोल्नुपर्छ ।’ ढोका खोल्न सभामुख, संसद सचिवालय वा आफ्ना माथिल्लो निकायबाट अनुमतिका लागि पर्खिने समय उनीसँग थिएन । ‘मैले स्वविवेक प्रयोग गरें,’ उनले भने, ‘पछि मात्रै संसदका महासचिव र आफ्नो माथिल्लो निकायलाई जानकारी गराएँ । उहाँहरुले सकारात्मक रुपमै लिनु भो ।’ हजारौं मानिसलाई माथिल्लो निकायको बिना जानकारी प्रवेश दिएकोमा उनको मनमा डर चाहिँ थयो । अर्कोतिर ढोका नखोलेको भए जनप्रतिनिधि बस्ने भवन जनताका लागि खोलिएन भन्ने अवगाल आउने
चिन्ता पनि थियो । ढोका खोलेपछि मानिसहरु झन् थपिदै गए । ‘सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा करिब १० हजार मानिसको व्यवस्थापन पनि अर्को चुनौति थियो,’ पञ्जियारले भने । सबैलाई बानेश्वर चोक र सडक पट्टीको चौरमा जम्मा पारेर राख्ने कोशिश प्रहरीले गऱ्यो । जीउ ज्यान जोगाउन भित्र छिरेका धरैबाट धन्यवाद पाएको पञ्जियारले सुनाए । पहिलो दिन यसरी आकस्मिक ढंगले खोलिएको संविधानसभाले सर्वसाधारणलाई ४ रातसम्म आश्रय दियो । भूकम्पको डरले रात कटाउन खुला ठाउँको खोजीमा भएका मानिसले पाल टाँगेर त्यहीं रात बिताए । पछि सर्वसाधारणलाई काठमाडौं बाहिर पठाउन निजी विद्यालयहरुका संगठनहरुले सञ्चालन गरेको निशुल्क बस सेवा पनि संविधानसभा परिसरबाटै बिहीबारसम्म सञ्चालनमा ल्याइएको थियो । अहिले पनि घर गुमाएका तीन परिवार त्यहाँ पाल टाँगेर बसिरहेका छन् । बासस्थलमा क्षति पुगेर त्यहाँ परिवार बालबच्चासहित आश्रय लिइरहेका बानेश्वरका कृष्णबहादुर नेपालीले साह्रै बेहाल अवस्थामा आफूलाई शरण दिएकोमा संविधानसभाप्रति आभार व्यक्त गरे ।