Header Ads

यी हुन् भूकम्पपछि फस्टाएका पाँच व्यवसाय

काठमाडौं । विनाशकारी भूकम्पले देशको अर्थतन्त्र चौपट हुन थालिसकेको छ । उद्योगहरु अझै चल्न सकिरहेका छैनन्, भूकम्पले भवनहरु भत्काउँदै अर्बौ क्षति भएको छ । हाउजिङ तथा पर्यटन व्यवसाय ध्वस्त हुने चिन्ता व्यवसायीहरुको छ ।

 तैपनि, केही व्यवसायीहरुका लागि भने भूकम्प व्यापार बढाउने अवसर बनेको छ । भूकम्पपछिको पुननिर्माणमा फस्टाउने व्यवसायमा धेरै जना केन्द्रित हुन थालेका छन् । पुननिर्माणको चरणमा सबैभन्दा धेरै फष्टाउने व्यवसाय भनेको निर्माण सामग्री नै हो । काठमाडौं उपत्यकामा मात्र ६५ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । करिब ३० हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

अपार्टमेन्टमा बस्दै आएका २० हजारभन्दा धेरै सर्वसाधारणले पनि अब सुरक्षित आवासको खोजीमा लागिसकेका छन् । यस्तो अवस्थामा अब घर निर्माणको काम एकाएक बढ्न थालिसकेको छ । त्यसकारण ठेकेदारहरुको व्यवसाय फस्टाउने निश्चित छ । निजी मात्र नभई सात हजारभन्दा धेरै सरकारी भवनहरुमा समेत क्षति पुगेकाले निर्माण व्यवसायीहरुले अबको केही वर्षमा मनग्य पैसा कमाउनेछन् ।

 अर्को फस्टाउने व्यवसाय भनेको खाद्यान्नको हो । भूकम्पले कृषि क्षेत्रमा पनि डूलो नोक्सानी पुगेको छ । एकातर्फ अन्न नष्ट भएको छ भने अर्को यो वर्ष खेती पनि राम्रोसँग गर्नसक्ने अवस्था छैन । धेरै गाउँका सर्वसाधारण विस्थापित भएकाले खेती गर्न सक्ने अवस्था छैन ।

 यस्तो अवस्थामा खाद्यान्न व्यवसायीहरुको आम्दानी बढेको छ । पैसा मालामाल कमाउने क्षेत्र अस्पताल हो । भूकम्पका घाइतेले निजी अस्पताल भरिएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Powered by Blogger.