पर्यटनमन्त्री दीपकचन्द्रले राजीनामा दिनुको भित्री रहश्य
काठमाडौं । देश भूकम्पको पीडामा रहेको र यो पीडालाई सम्बोधन गर्न राष्ट्रिय सरकारको आवश्यकता महसुस गरिरहेकै बेला वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन् ।कार्यकुशलता नदेखिएको भन्दै एमालेले उनलाई पद पदबाट हट्न दबाब दिएको समचार मिडियामा आए पनि यसको भित्री कारण भने अर्कै रहेको एमाले निकट एक स्रोतले बताए । यसको भित्री कारण लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विषय रहेको खुलसा भएको छ ।
कोषको उपाध्यक्ष नियुक्तिको विषयलाई लिएर एमाले अध्यक्ष केपी ओली र मन्त्री अमात्यबीच विवाद उत्पन्न भएको थियो । अध्यक्ष ओलीले अमात्यलाई कोषको अध्यक्षमा अजयक्रान्ति शाक्यलाई नियुक्त गर्न दबाब दिएका थिए भने मन्त्री अमात्य भीक्षु निग्रोध (सिद्धार्थ महर्जन) लाई कोषको उपाध्यक्ष बनाउन चाहन्थे । शाक्य ओलीको श्रीमतीको भाइ नाता पर्ने हुँदा ओलीले शाक्यलाई सालो भन्दै आएका छन् । लुम्बिनी विकास कोषका लागि शाक्यभन्दा भीक्षु निग्रो नै उपयुक्त पात्र भए पनि ओलीले आफ्ना नातेदार भएका कारण शाक्यलाई बनाउन निरन्तर दबाब दिँदै आएका थिए ।
केही दिन अघि ओलीले मन्त्री अमात्यलाई आफ्नै निवासमा बोलाएर भीक्षु निग्रोध दलाइ लामाको एजेन्ट भएका कारण चीन पनि असन्तुष्ट भएको भन्दै शाक्यलाई नै कोषमा नियुक्त गर्न अनुरोध गरेका थिए । जवाफमा मन्त्री अमात्यले शाक्यभन्दा कोषका लागि निग्रो नै उपयुक्त पात्र भएको भन्दै शाक्यलाई नुयुक्त गर्न नसक्ने बताएका थिए । त्यसपछि रिसले आगो बनेका ओलीले शाक्यलाई कोषमा नुयुक्ति नगरे निग्रोधलाई पनि हुन नदिने र अमात्यलाई पनि मन्त्रीबाट बर्खास्त गर्ने धम्की दिएका थिए ।
धम्कीबाट अमात्य विचलिन नभएको र उनले जसरी पनि निग्रोधलाई उपाध्यक्ष बनाएरै छाड्ने चेतावनी ओलीलाई दिएको स्रोतले बतायो । मन्त्री अमात्यको चेतावनीपछि ओलीले बामदेवलाई फोन गरेर अमात्यको प्रस्ताव मन्त्रिपरिषद्बाट पास हुन नदिन अनुरोध गरेका थिए । तर, पछिल्लो समय चीन विरोधी र भारतको विस्वासपात्र रुपमा देखिँदै आएका बामदेवले अमात्यले लगेको प्रस्तावमा मौन समर्थन गरेपछि मन्त्रिपरिषद्ले निग्रोधको प्रस्ताव पास गरेको थियो ।
ओलीले आफूलाई जुनसुकै हालतमा मन्त्री पदबाट बर्खास्त गर्ने चेतावनी दिएका कारण ओलीले हटाउनुभन्दा पहिले नै अमात्यले राजीनामा दिएको स्रोतले काठमाण्डु टुडेलाई बतायो । प्रधानमन्त्रीले बिहीबार मात्र अमात्यको राजीनाम स्वीकृत गरे पनि उनले आइतबार नै प्रधानमन्त्री समक्ष राजीनामा दिएको बताइएको छ ।-काठमाण्डु टुडे