Header Ads

कुवेतमा नेपालीले बुद्ध जयन्ती मनाए, भूकम्प पिडितलाई आर्थिक सहयोग

कुवेत । कुवेतमा क्रियाशील पुरानो जातीय संस्था नेपाल तामाङ घेदुङ कुवेतले हिजो सोमबार फर्वानिया स्थित अध्यक्ष राम लामाको निवासमा साँझ ५ बजे देखि रातको १२ बजे सम्म शान्तिको अग्रदुत सिदार्थ गौतम बुद्धको २५५९ औं जन्म जयन्तिको अवसर पारेर नेपालमा गत वैशाख १२ गतेको महाभूकम्पबाट ज्यान गुमाउनेहरुको आत्माको शान्ति र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बौद्ध धर्म अनुसार लामा गुरु हरुबाट पूजापाठ, मोलम र सामुहिक रुपमा १०८ ओटा दिप प्रज्वलन गर्दै १ मिनेट मौनधारण गरी बुद्ध जयन्ती मनाएको छ भने ३,३६,२५० नेपाली रुपिया संकलन भएको छ ।

 तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामाको सभापतित्वमा निर्मल लामा र लामा भाई इष्टमान वाइवा लामा गुरुहरुको उपस्थितिमा पूजापाठ, दिप प्रज्वलन, लामागुरु हरुबाट बौद्ध धर्म अनुसार प्रवचन र सामुहिक रुपमा दिप प्रज्वलन गर्दै शाकाहारी भोजनको साथमा लामागुरुहरुबाट वाङ दिई सम्पन्न भएको थियो ।

“नेपाल तामाङ घेदुङ कुवेत”ले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि “buddha was born in nepal , बुद्ध जयन्ति मनाउँ, आपसी सदभाव बढाउँ “भन्ने सन्देश विश्वमा फैलाउदै शान्तिका अग्रदुत सिदार्थ गौतम बुद्धको जन्म दिनको अवसर पारेर कुवेतमा रहेका बौद्ध धर्मालम्बीहरु, तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, पत्रकार, कुवैतमा रहेका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम गरेको थियो ।

आगामी मे ८ तारिख शुक्रबारका दिन जिलिबमा गर्ने भनिएको कार्यक्रम गत २०७२ साल बैसाख १२ गतेका दिन नेपालमा गएको महाभूकम्पको कारणले सरेको हो ।

नेपालीहरुको लागि कालो दिन साबित भइ एक निर्दयी महाप्रलयले भयंकर बिपत्ति बर्साउदै एकयूग भरी पुग्ने गहिरो पिडा दिएको भने हजारौको मृत्यु भौतिक संरचना ध्वस्त भएको दुःखद घडीमा यस महाविपत्तिमा सबै सुरक्षित रहुन् र मृत आत्माको चीर शान्तिको कामना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनी तामाङ घेदुङ कुवेतले गरेको छ ।
Powered by Blogger.